मुख्य समाचार
हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताए
हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताए

। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने कुरा कुनै एक देश विशेषमा समस्या मात्रै नभएको बताएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘रसुवा भोटेकोशी र त्रिशूलीमा आएको प्रलयको कारण मानवीय भौतिक क्षति अकल्पनीय रूपमा भएको छ । त्यसले देशलाई स्तब्ध बनाएको छ,’ प्रचण्डले भने, ‘देशलाई मात्रै होइन्, सिंगो विश्वलाई उद्वेलित बनाएको छ ।’

यसलाई बाढी भनिए पनि यो सामान्य बाढी नभएको उनले बताए । ‘यो त हिमाल पग्लिएर, विष्फोट भएर प्रलयका रूपमा आएको हुनाले विश्व मानव जातिले यो घटनालाई गहिरो गरी हेरिराखेको छ,’ उनले भने ।

सबै वैज्ञानिक र विज्ञ यसको कारण कारणबारे हेरिरहेको उनले बताए । यसबाट नेपालले जलवायु न्याय पाउने स्थिति बनेको उनले बताए ।



‘यो घटनापछि सबैको चेत खुलेको छ । यो नेपालको मात्रै समस्या होइन, यो समस्या मानव जातिकै समस्या देखा परेको छ,’ उनले भने, ‘किनभने, हिमपहिरो जाने कुरा, हिउँ पग्लिने कुरा, हिमताल फुट्ने कुरा कुनै देश विशेषको होइन । विश्वभरिकै समस्या हो ।’

यसबारे आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा कुरा उठाएको उनले बताए ।

‘जसले कार्बन उत्सर्जन बढी गरेको छ, त्यसैले नै आजको यो जलवायु परिवर्तनको स्थिति बनाएको हो । उनीहरूले क्लाइमेट जस्टिसका रूपमा हाम्रो जस्तो देशलाई सहयोग गर्नुपर्ने हुन्छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...