मुख्य समाचार
३१ वर्षअघि रावल आयोगले औंल्याएको अतिक्रमित सबै जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
३१ वर्षअघि रावल आयोगले औंल्याएको अतिक्रमित सबै जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।

मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनि उल्लेख भएका कित्ताहरुबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो।





यो पनि पढ्नुहोस
जग्गा अतिक्रमण छानबिन गर्न बनेको रावल आयोग प्रतिवेदनमा के छ ?
त्यसैगरी, प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरुको समेत एकमुष्ट रुपमा निर्णय गरी नेपाल सरकार (सरकारी तथा सार्वजनिक रुपमै) कायम गर्न निर्णय गरेको हो।

प्रमुख नापी अधिकृत रमेश ज्ञवाली संयोजक रहेको समितिमा गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...