मुख्य समाचार
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान

। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० क्रिकेट करियरकै उत्कृष्ट बलिङ प्रदर्शन समेत हो । उनले आफ्नो ४६१औं टी–२० खेलमा यो कीर्तिमान बनाएका हुन् ।
ताहिरले सन् २००६ मा पाकिस्तानको घरेलु क्रिकेटबाट टी–२० करियर सुरु गरेका थिए । चार दशक पार गरिसक्दा पनि उनी गयानाको कप्तान तथा प्रमुख स्पीनरका रूपमा सक्रिय छन् ।

खेलपछि ताहिरले आफ्नो छोराले अझै क्रिकेट खेल्न प्रेरित गरिरहेको बताए । उनका अनुसार छोराले ‘ड्याडी, अझै एक वर्ष खेल्नुस्’ भन्दै आफूलाई निरन्तर खेलिरहन प्रेरित गर्ने गरेका छन् ।

“मेरो छोराले नै मलाई सबैभन्दा बढी प्रेरित गरिरहेको छ । उसले ‘ड्याडी, अझै एक वर्ष, त्यसपछि मसँगै खेल्नुपर्छ’ भनिरहन्छ। उसलाई र विश्वभर मलाई हेरिरहेका युवा खेलाडीलाई प्रेरित गर्न पनि म खेलिरहन चाहन्छु” ताहिरले भने।

सेन्ट लुसिया किंग्सलाई ११९ रनमै रोक्ने क्रममा ताहिरले कमिल पूरनलाई ४३ रनमा एलबीडब्ल्यू आउट गरेका थिए । उनले म्याथ्यु फोर्डेलाई पनि आफ्नो गुग्लीमार्फत बोल्ड गरेका थिए ।

ताहिरले प्रोभिडेन्सको पिचमा बलले राम्रोसँग टर्न पाएको र सही लाइन तथा लेन्थमा बलिङ गर्दा सफलता मिलेको बताए ।

ताहिरको उत्कृष्ट बलिङपछि क्वेन्टिन स्याम्पसनले ११ बलमा अविजित ३७ रन बनाएपछि गयाना अमेजन वारियर्सले लक्ष्य सहजै पूरा गरेको थियो । उनको स्ट्राइक रेट ३३६.३६ थियो।

सीपीएलको यस सिजन प्लेअफमा स्थान सुरक्षित गरिसकेको गयाना अमेजन वारियर्सले अब सेप्टेम्बर ११ मा ट्रिनबागो नाइट राइडर्ससँग समूह चरणको अर्को खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय ...
। आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए । लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ । अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा ...
: इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्। केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल ...