मुख्य समाचार
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता

। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड नेपाली रुपैयाँ) भन्दा बढी मानवीय सहायता परिचालन गरेको छ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन्।

भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको भन्दै उनले आभारसमेत प्रकट गरिन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तका उपकरण तथा विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीहरू समावेश छन्।



नेपाल प्रहरीसँगै खटिए एफबीआईका फरेन्सिक विशेषज्ञ

बाढीमा परी ज्यान गुमाएका पीडितहरूको पहिचान गर्न र उनीहरूका परिवारलाई सही जानकारी उपलब्ध गराउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू समेत नेपाल प्रहरीसँगै समन्वय गरेर काम गरिरहेका अमेरिकी दूतावासले जानकारी दिएको छ ।

आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताउँदै दूतावासले आफ्ना आफन्तबारे जानकारी लिन चाहने परिवारलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जनाएको छ।

नेपालको नेतृत्वमा देशभर भइरहेको विपद् प्रतिकार्यमा टेवा पुर्‍याउन अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको कार्यवाहक राजदूत बोल्डिनले उल्लेख गरेकी छन्।

आगामी दिनमा बाढीबाट भएको क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको थप आकलन गर्दै अमेरिकाले नेपाल सरकारसँग निरन्तर निकट साझेदारी जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना प्रयासमा सघाउ पुर्‍याउने उद्देश्यले उक्त रकम ...
। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक ...
। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ । समितिले पञ्चाङ्गखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए। असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग ...
। नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन् । पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवा भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षति सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जामन्त्री ...