मुख्य समाचार
मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताए
मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताए

: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्।

घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा रहेको उनले बताइन्।

यस्तै जिल्ला प्रशासन कार्यालय,सप्तरीले पनि छानबिन समिति गठन गरेको छ। उनले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन्। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी दिइन्।

सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने -जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् ।

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारिन्।

मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे । सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा नेपालका तर्फबाट प्रस्तुत ...
। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको ...
। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट ...
। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. नेपाल विशेष सेवा ...