: चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय गाडी (ईभी) मा अकस्मात् आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा आज बिहान करिब ६:०० बजे बा ०१–०३० च ५५७९ नम्बरको 'आयन वाई' ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको हो।
घटनाको जानकारी पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र एक जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभूषण यादवले जानकारी दिए।
मृतकको सनाखत हुन सकेको छैन। गाडीमा कसरी आगलागी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।