मुख्य समाचार
सरकारले सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ
सरकारले सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ

: सरकारले सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव बढुवा समितिको सिफारिसको आधारमा खत्रीलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको हो।

त्यसैगरी बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन्। बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिसहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्। उक्त रकम बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी ...
: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्। मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले राष्ट्रियसभामा रास्वपाको उपस्थिति नभएकै कारण कानुन ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए। प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उहाले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी ...
: रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका विषयमा छलफल भएको ...
: रसुवा बाढी पीडितका लागि विदेशबाट राहत तथा उद्धार सामग्री आउने क्रम जारी छ। बिहीबार जर्मनी, लक्जमबर्ग र सिंगापुरले चार्टर्ड विमानमार्फत नेपाललाई राहत सामग्री पठाएका छन्। जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा नेशनल एयरलायन्सको चार्टर्ड विमानमार्फत राहत सामग्री पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री महावीर पुनले जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा पठाएको राहत सामग्री बुझेका थिए। दुई देशले औषधि र ...