मुख्य समाचार
एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश
एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश

: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो।

नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो।

ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे। ओमानको लागि जतिन्द्र सिंहले सर्वाधिक २५ रन बनाए। उनले ४१ बलमा दुई चौका प्रहार गरे। अर्का ब्याटर जितेन रमनान्डीले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्रीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालको लागि बलिङतर्फ, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ३/३ विकेट लिँदा ललितनारायण राजवंशी र रोहित कुमार पौडेलले २/२ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। ओपनर दोय देव खनाल र आशिफ शेखले क्रमशः १३ र १५ रन बनाए। बसिर अहमदले ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। मध्यक्रममा दिपेन्द्र सिंह ऐरी र बसिर अहमदले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । त्यसपछि भने नेपालका कुनै पनि बाटो टिकेनन्।

ओमानका लागि बलिङतर्फ जय विक्रम ओडेडारा र हसनैन शाहले सामान ३/३ विकेट लिए। मोहम्मद इमरानले २ विकेट लिँदा सकिल अहमद र मुजिबुर अलीले १/१ विकेट लिए।

नेपालले फाइनल खेलमा युएईसँग खेल्नेछ। युएई र हङकङबीच भएको दोस्रो सेमीफाइनल खेलमा युएइले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...
: नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर ...
: नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो। काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो। काठमाडौं रेड्सले कर्णाली शिवराजलाई २८-२६, २५-१८, ...
। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ ...