मुख्य समाचार
नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित
नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित

: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो।

मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङसँग खेल्नेछ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई पराजित गरेको थियो दोस्रो खेलमा खप्तड फालकन्सलाई र तेस्रो खेलमा सगरमाथा स्पेसलाई पराजित गरेको थियो चौथो खेलमा भने काठमाडौं रेड्ससँग पराजित भएको थियो। मधेशले प्रतियोगितामा एक मात्र जित हात पार्यो।

मधेशले लगातार ३ हारपछि चौथो खेलमा खप्तड फालकन्सलाई पराजित गरेको थियो। पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग , दोस्रो खेलमा काठमाडौं रेड्ससँग र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग मधेस पराजित भएको थियो।

आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो। आजको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्ससँग खेल्ने छ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्। नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर ...
: नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो। काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो। काठमाडौं रेड्सले कर्णाली शिवराजलाई २८-२६, २५-१८, ...
। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ ...