मुख्य समाचार
शेरबहादुर देउवा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
शेरबहादुर देउवा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
भोटेकोशी बाढीको दुई सातापछि बिहिबार देउवाले बाढीग्रस्त नुवाकोटको देवीघाट, ढुङ्गे र त्रिशूली लगायतका क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षण पश्चात् देउवाले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनर्निर्माणसँगै पीडितहरूको पुनर्स्थापना हुनुपर्ने बताए।

देउवाले विपत्तिको सामना गर्न पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनर्स्थापनामा जोड दिए। बाढीले क्षति गरेका नेपालको सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनको भनाई छ।

काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त स्थानहरुमा पुगेका देउवाले बाढीपीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासासमेत सुनेका थिए। देउवाले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण गरे।


देउवाले नेपाली कांग्रेसको जिल्ला कार्यालयमा पुगेर विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले गरेको क्षतिसम्बन्धि जानकारी लिएको कांग्रेस जिल्ला सभापति तथा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले बताए।

देउवासंगै कांग्रेस नेता डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउँद, मोहनबहादुर बस्नेतलगायतले बाढीग्रस्त स्थानको स्थलगत निरीक्षण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गरेका हुन् । उनहाले ...
: प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति ...
: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ मन्त्रीमा साहको नाम सिफारिस गरेका हुन्। उनी सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका थिए। उनले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई पराजित गरेका थिए। उनले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। राउतसँग ...
: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले आज प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी हुन्। बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका थिए। संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न ...
: प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी असोज ६ गते अमेरिकाको न्युयोर्क जान लागेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री शाहको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरिएको हो। यसअघि परराष्ट्रमन्त्री शिशिर ...