मुख्य समाचार
सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी
सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी

: नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्।

११३औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे।

उनले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरे। आफू काठमाडौं आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्ति विशेषको नभई समग्र पार्टीको शक्ति भएको उनले बताए। उनले विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत् पहिचान र आवश्यक सनाखत नभएको तथा खल्तीबाट नाम राखेर अवैधरूपमा महाधिवेशन गरिएको आरोप लगाए।

त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरूले आफूहरूले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारिक रूपमा आफूहरूले नै महाधिवेशन गर्ने जनाएका छन्।

त्यस्तै कांग्रेस नेता शशांक कोइरालाले देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध बनाएर सफल बनाउनुपर्ने बताए। अहिले पार्टी टुक्रिने सम्भावना पनि देखिएको भन्दै अर्को पक्षलाई पनि साथमा लिएर अघि बढ्ने प्रयास भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। पहिरो गएको स्थानको ठीक माथिबाट नयाँ ट्र्याक बनाइएको हो। मुलुककै लाइफलाइनको रूपमा चिनिएको उक्त सडकखण्ड सञ्चालनका लागि निर्माण ब्यवसायी कम्पनीले तीव्ररूपमा डाइभर्सन निमार्णको काम गरिरहेका छन्। दैनिक १२ वटा मेसिनको प्रयोगबाट अस्थायीरूपमा बाटो निर्माण गर्न लागिएको हो। ...
: गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ। ​आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप)समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ। ​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित चितवन स्टाफ होटलका सञ्चालकमाथि हम्मर प्रहार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा काम गर्ने ती बालक र होटल सञ्चालककी श्रीमतीबीच आर्थिक विषयमा भनाभन भएपछि होटल सञ्चालक घटनास्थलमा पुगेका थिए। त्यसक्रममा बालकले हम्मर प्रहार गर्दा होटल सञ्चालक घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गजुरीले बालकलाई ...
: भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो। राहत सामग्रीमा फोरेन्सिक ...
: नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्णरूपमा छुट गर्ने जनाएको छ। निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका ...