मुख्य समाचार
अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित
अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित

: नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो।

प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किंग्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किंग्स ४ खेलबाट ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण किंग्सले दोस्रो खेलमा काठमाडौं रेड्स र तेस्रो खेलमा मधेश वारियर्सलाई पराजित गरेको थियो।

यता लगातार चार हारसँगै खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। खप्तड फाल्कन्स यसअघि पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेश वारियर्ससँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो। काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो। काठमाडौं रेड्सले कर्णाली शिवराजलाई २८-२६, २५-१८, ...
। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ ...
। एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको हो । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले ...
। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । यस प्रतियोगिताको उपाधि जित्ने ...
। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् । यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि ...