मुख्य समाचार
विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी
विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्।

रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न रहेको पाइए त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उनले बताएका हुन्।

‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ लामिछानेले भनेका छन्।

उनले विपद्का बेला नागरिकको पीडा र आक्रोशलाई संवेदनशील रूपमा बुझ्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्ति दिने पार्टी सदस्य तथा पदाधिकारीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। पहिरो गएको स्थानको ठीक माथिबाट नयाँ ट्र्याक बनाइएको हो। मुलुककै लाइफलाइनको रूपमा चिनिएको उक्त सडकखण्ड सञ्चालनका लागि निर्माण ब्यवसायी कम्पनीले तीव्ररूपमा डाइभर्सन निमार्णको काम गरिरहेका छन्। दैनिक १२ वटा मेसिनको प्रयोगबाट अस्थायीरूपमा बाटो निर्माण गर्न लागिएको हो। ...
: नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। ११३औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे। उनले ...
: गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ। ​आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप)समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ। ​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित चितवन स्टाफ होटलका सञ्चालकमाथि हम्मर प्रहार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा काम गर्ने ती बालक र होटल सञ्चालककी श्रीमतीबीच आर्थिक विषयमा भनाभन भएपछि होटल सञ्चालक घटनास्थलमा पुगेका थिए। त्यसक्रममा बालकले हम्मर प्रहार गर्दा होटल सञ्चालक घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गजुरीले बालकलाई ...
: भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो। राहत सामग्रीमा फोरेन्सिक ...