मुख्य समाचार
बजारमा ग्यास आपूर्ति सहज बनाउन सहकार्य गर्नुपर्ने समयमा मन्त्रीले व्यवसायीलाई ‘पाता कस्ने’ र ‘खारेज गर्ने’ चेतावनी दिएपछि विवाद
बजारमा ग्यास आपूर्ति सहज बनाउन सहकार्य गर्नुपर्ने समयमा मन्त्रीले व्यवसायीलाई ‘पाता कस्ने’ र ‘खारेज गर्ने’ चेतावनी दिएपछि विवाद

: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका छन् । बजारमा ग्यास आपूर्ति सहज बनाउन सहकार्य गर्नुपर्ने समयमा मन्त्रीले व्यवसायीलाई ‘पाता कस्ने’ र ‘खारेज गर्ने’ चेतावनी दिएपछि विवाद चर्किएको हो ।

बुधबार संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाइन् । ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन । मेरो अन्तिम निचोड यही हो,’ उनले भनेकी थिइन् ।

मन्त्री यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगमध्ये धेरैजसो अनावश्यक रहेको भन्दै दुई वटाबाहेक अरू खारेज गर्नुपर्ने दाबी गरिन् । उनले लोक सेवा पास गरेर आएका कर्मचारीको ब्रेन गलत दिशामा लागेको आरोपसमेत लगाइन् । मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले भने ग्यास आपूर्तिको समस्या समाधान गर्नुपर्ने बेलामा व्यवसायीलाई धम्की दिएको भन्दै प्रधानमन्त्री कार्यालय गुहारेको बताए ।

व्यवसायीहरूले ग्यास अभावको मुख्य कारण सरकारको गलत नीति रहेको दाबी गरेका छन् । आधा सिलिन्डर ग्यास बेच्ने सरकारको दीर्घकालीन निर्णयले समस्या झनै जटिल बनाएको उनीहरूको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारकै नीतिले अभाव भएको बताउँदै भने, ‘हामीले १५ दिनका लागि मात्र आधा सिलिन्डर बेच्नुपर्छ भनेका थियौं, सरकारले ३ महिना बेच्यो । अब दैनिक ८० हजार सिलिन्डर उपत्यकामा नभित्रिएसम्म समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...