मुख्य समाचार
काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय
काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय

: काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बिचको बैठकले संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि रात्रिकालीन बसको सेवा थप गर्ने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गएको वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्। यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ।

कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्य लिएको बताइन्। ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ। त्यसपछि विज्ञहरुको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ। यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि ३ वटा विकल्प दिएको छ। यसमध्ये उपत्यकाका नगरपालिकाहरुको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ।’उनले भनिन्,‘भाडा बढाउने दिशामा अहिले नसोचौँ। हामीले नागरिकलाई सुलभ र सहज सेवा दिनुपर्छ। बरु सेवा सञ्चालनका लागि नपुग रकम जनघनत्व, आकार र स्थानीय तहको क्षमताअनुसार दायित्व लिऔँ।’

उनको प्रस्तावलाई पारित गर्दै बैठकले वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले, अहिले अभ्यास गरिएको यातायात सेवा यात्रुका लागि भरपर्दो सेवा भएको बताउँदै नगरपालिकाहरुको सहभागिता बढ्दै जाँदा लागत कम हुने बताए। त्यस क्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सेवा सञ्चालन गरिएपछि लाभ लागतको मासिक समीक्षा गरेर सेवाको दिगोपनाका लागि काम गर्दै जानु पर्ने बताए। छलफलका क्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले, ललितपुरको चापागाउँ, लामाटार, लुभुसम्म रुट विस्तारको सम्भावनामा छलफल गर्नुपर्ने बताए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले यो निर्णयले काठमाडौँ र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउने बताइन्। जोशीले भनिन्, ‘बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन कठिन छ। यसकारण त्यहाँका नागरिकले महंगो भाडा तिरेर आवतजावत गर्नु पर्ने बाध्यता छ। यो समस्या समाधानका लागि हामी पनि सोचिरहेका थियौँ। हामी नगरपालिकाभित्र र नागरिकसँग संवाद गरेर यो समन्वयलाई अगाडि बढाउने दिशामा सकारात्मक छौँ।’ null

बैठकले, रात्रिकालिन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायात सम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालिन सहरी जीवन प्रवर्धन गर्न काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा जात्रा पर्व, मेला, महोत्सव आयोजना गरी रात्रि कालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ।

यस्तै, साझा यातायातमार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्य स्थलमा चार्जिङ स्टेशन निर्माण गर्न तथा रात्रिकालिन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...