मुख्य समाचार
महेश बस्नेतले जेनजी आन्दोलनका नाममा आफ्नो निजी घर जलाइएको भन्दै आक्रोश व्यक्त
महेश बस्नेतले जेनजी आन्दोलनका नाममा आफ्नो निजी घर जलाइएको भन्दै आक्रोश व्यक्त

: नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री महेश बस्नेतले जेनजी आन्दोलनका नाममा आफ्नो निजी घर जलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सूर्यविनायक-७ गुण्डुस्थित उनको जलाइएको घरको प्राङ्गणमा बुधबार आयोजित भन्डाफोर तथा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले पीडित आफ्नो परिवारलाई प्रहरी र राज्यले न्याय नदिएको बताएका हुन्।

आफ्नो घरसँगै बुवाआमाको पसिनाको कमाई,छोराछोरीको बाल्यकालको सम्झना सबैथोक जलाइनुका साथै आफ्नो बुवाआमा र श्रीमतीलाई समेत जिउँदै जलाउन प्रयास गरिएको उनले स्मरण गरे। ‘त्यो क्रुर घटनापछि मेरो आमा एन्जाइटीको बिरामी हुनुभएको छ, बुवाको दुईपटक मुटुको भल्भ फेर्नुपर्‍यो।’उनले भने, ‘योजनावद्धरुपले हाम्रो परिवारलाई आर्थिक, भौतिक, मानसिक र भावनात्मकरुपले तहसनहस पारियो।’

आफूहरूको एक वर्षदेखि डेरामा बास रहेको बताउँदै पूर्वमन्त्री बस्नेतले आफ्नो निजी सम्पत्ति जलाउनेलाई प्रमाणसहित उजुरी दिँदा पनि कारबाही नगरिएको आरोप लगाए। घर जलाउनेहरुको हिसावकिताव राखिरहेको स्पष्ट पार्दै उनले राज्यले न्याय नदिए उनीहरूको घर पनि त्यसैगरी जलाउन बाध्य हुने चेतावनी दिए।

गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई एमाले सचिव बस्नेतले साम्राज्यवादी शक्तिको इशारामा देशघाती समूहले गरेको विध्वंसको रूपमा टिप्पणी गरे। राज्यका तीनै अङ्गमा एकसाथ प्रहार गरिएको स्मरण गर्दै उनले संसद भवन,सिंहदरवार र सर्वोच्च अदालत जलाउनु देशद्रोह भएको दाबी गरे। उनले नेपाली सेना लगायत सुरक्षा निकायको भूमिकामा पनि अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे।

दुई दिनमा राज्यको ४४ अर्व र निजी क्षेत्रको साढे ३३ अर्ब क्षति गराएको समूहले नै अहिले सरकार चलाइरहेका आरोप लगाउँदै यो सरकार रहुन्जेल राष्ट्रघात भइरहने उनको भनाइ छ।

सिंहदरबार, संसद् भवन जलाउने र गोली चलाउने काम एउटै समूहले गरेको आरोप लगाए। उनले देश जलाउने नियोजित षडयन्त्रमा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह,गृहमन्त्री सुधन गुरुङ र रास्वपा सभापति रवि लामिछाने लगायतको प्रमुख भूमिका रहेको आरोप लगाए। ‘हामीले यथेष्ट प्रमाण राखेका छौं, उनीहरूलाई यसबापत उन्मुक्ति हुने छैन’ उनले भने।

बस्नेतले संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्के लगतै राजीनामा दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे। बस्नेतले वर्तमान सरकार रहेसम्म देशको हित नहुने भन्दै संयुक्त राष्ट्रसंघको कार्यक्रमबाट फर्किएलगत्तै राजीनामा दिनुपर्ने बताए। उनले जेनजी आन्दोलनमा ६ जना प्रहरीको हत्या गरिएको उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरे।

उनले राहत कोषमा सरकारले १२ अर्ब कब्जा गरेकाले एमालेले आफ्ना कार्यकर्ताको गाँस कटाएर उठाएको १ करोड २० लाख रुपैयाँ सीधै बाढी पीडितलाई वितरण गरिएको धारणा राखे। स्थानीय तहले जग्गा उपलब्ध गराएमा एमालेले पीडितहरूका लागि ५०० वटा अस्थायी बास स्थान/घर निर्माण गरिदिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...