मुख्य समाचार
संसदीय दल सचेतक क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग
संसदीय दल सचेतक क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग

। रास्वपा संसदीय दल सचेतक क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् ।

उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुन: आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनर्स्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् ।

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले उक्त प्रश्न गरेकी हुन् । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह नआएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएर ...
। नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । ‘नागरिकको अभिभावक सरकार हो । विपत्तिका कारण आफ्ना परिवारका सदस्य ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् । ‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार ...
। नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र ...