मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाए
गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाए

। गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले जेनजी शहीद स्मृति दिवसका अवरसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूप्रति अनावश्यक टिप्पणी गरेको भनेर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाली कांग्रेसकी सांसद रीना उप्रेतीले भनिन्, ‘…हिजो जेनजी स्मृति दिवस मनाइरहँदा कार्यक्रमको मञ्चबाट गृहमन्त्रीले स्वतन्त्र चार पत्रकारहरूलाई, सञ्चारकर्मीलाई धम्क्यानुभयो ।’

साथै, नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस भएको बताइन् ।

नागरिकको आवाज राज्यसम्म पुर्‍याउने र सरकारलाई जनताप्रति जवाफदेही बनाउने संचार क्षेत्रलाई कमजोर पार्ने कुनै पनि निर्णय स्वीकार्य नरहेको बताइन् ।

सांसद यादवले लोककल्याणकारी विज्ञापनसम्बन्धी सरकारको नीति समेत सच्याउन आवश्यक रहेको बताइन् ।

मंगलबार पुरानो संसद् भवन प्राङ्गणमा जेनजी शहीद नेपाल र जेनजी शहीद परिवार कल्याणकारी समितिले जेनजी शहीद स्मृति सभा राखेका थिए । प्रमुख अतिथि गृहमन्त्री सुधन गुरुङ थिए । मन्त्रीहरू सोबिता गौतम, महावीर पुन, सुनिल लम्साल, अतिथि थिए ।


उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको अभिव्यक्तिलाई लिएर संसद्मा प्रश्न उठेको हो ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले पनि जेनजी सहिद दिवसका सन्दर्भमा सरकारका मन्त्रीबाट व्यक्त केही विचार अत्यन्तै चिन्ताजनक र खेदजनक रहेको बताए ।

‘अहंकार र दम्भ त्यो भन्दा कयौँ गुणा चर्को छ, जुन पहिला पहिलाका शासकहरुमा देखिन्थ्यो’ उनले भनेका छन्, ‘उहाँकै भाषामा भन्दा राजनीति सिकाउन आएकाहरुले शुरु गरेको यो त्रासको शासनको गन्तव्य लोकतन्त्र नै हो कि निरंकुशतन्त्र हो ?’

यो गम्भीर प्रश्‍न खडा भएको भन्दै उनले थपे, ‘सत्तारुढ दलले गम्भीर समीक्षा गरोस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् । ‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार ...
। नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र ...
। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । ‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन ...
। रास्वपा सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनको भनाइ छ । ‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट ...