मुख्य समाचार
रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन
रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन

। अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन गरेको छ ।

आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर सो निर्देशन/सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिइएको छ ।

उपसमितिको संयोजक सुशील खड्का तोकिएका छन् । उपसमितिमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, पुष्प चौधरी, प्राडा पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैद्य रहने गरी ७ सदस्यीय उपसमिति बनाइएको हो । अर्थ समिति सभापति डा. कृष्णहरी बुढाथोकी अनुसार उपसमितिलाई २ असोज भित्र प्रतिवेदन बुझाउन समयावधि दिइएको छ ।

प्रधानमन्त्री बालेन शाह ६ असोजमा संयुक्त राष्ट्रसंघ महासभामा भाग दिन प्रस्थान गर्दैछन् । सोही अनुसार अर्थ समितिले सो भ्रमण अगाडी बैठक राखेर सरकारलाई निर्देशन दिने उनले जानकारी दिए । आजको बैठकमा सांसदहरुले पुनर्निर्माणका लागि आवश्यक रकमको जोहो कसरी हुन्छ भन्नेबारे जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । ‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन ...
। रास्वपा सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनको भनाइ छ । ‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्को अवस्थासँग लड्न संसदीय समिति गठनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले भने । भदौ १० गते विनाशकारी ...
। रास्वपा संसदीय दल सचेतक क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे । थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको ...