मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल
प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल

। प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ ।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले जेनजी शहीद स्मृति दिवसका अवरसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूप्रति अनावश्यक टिप्पणी गरेको भनेर ध्यानाकर्षण भएको बताएका छन् । नेपाली कांग्रेसकी सांसद रीना उप्रेतीले भनिन्, ‘…हिजो जेनजी स्मृति दिवस मनाइरहँदा कार्यक्रमको मञ्चबाट गृहमन्त्रीले स्वतन्त्र चार पत्रकारहरूलाई, सञ्चारकर्मीलाई धम्क्यानुभयो ।’ साथै, नेपाली कांग्रेसकी ...
रास्वपा सभापति रवि लामिछानेले विपत्तिका बेला नागरिकले पोखेको आक्रोश राज्यसत्ताले सहनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दै उनले अहिले कसैले पनि यसलाई अन्यथा लिन नहुने उल्लेख गरेका छन् । अहिले विपत्तिमा राजनीति गर्ने समय नभएको उल्लेख गर्दै जलवायु न्यायका लागि माग गर्नुपर्ने उल्लेख गरे । ‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको ...
। नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ...
। ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले असहयोग भएको भन्दै आवश्यक परे हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अवस्था ...
। सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्। सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ११ जनाको गाडी मोबाइल टोली र ...