मुख्य समाचार
चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण
चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण

। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् ।

उनले समितिको बैठकमा यस्तो बताएका हुन् ।

भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको भन्दै समितिमा प्रश्न उठेको उनले बताए ।

संसदीय समितिमा चीनीको मूल्य प्रतिकिलो १३० सम्म कसरी पुग्यो भन्ने प्रश्न पनि उठ्यो ।

पहिले ८५ मा भ्याट जोडेर ९६ सम्म पर्ने भनिएको चीनीको मूल्य अहिले बजारमा १०५ देखि १३० सम्म पुगेको भन्दै सभिापति अन्सारीले मौज्दात हुँदाहुँदै मूल्य बढ्नुको कारण खोज्नुपर्नेमा जोड दिए ।

बैठकमा अन्य मुलुकबाट समयमै चीनी आयात नगर्दा अहिलेको अभाव र मूल्यवृद्धिको अवस्था सिर्जना भएको सभापतिको विश्लेषण छ ।

साथै, उपभोक्ता हित, कार्टेलिङ र कालो बजारी नियन्त्रणका लागि आवश्यक विधेयक तथा कानुन यथाशीघ्र संसद्मा पेश गर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

बजार अनुगमनलाई व्यावहारिक र तर्कपूर्ण बनाउनुपर्ने, महँगो सफ्टवेयर खरिदमा हुने अपारदर्शिता रोक्नुपर्ने तथा पूर्वाधार क्षतिले गर्दा बढेको ढुवानी लागत र इन्धन आपूर्ति जस्ता व्यावहारिक समस्याहरूलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने सभापतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...