मुख्य समाचार
उद्धार कार्यमा सहयोग गर्न कुलमान घिसिङ चिलिमे आयोजना पुगे
उद्धार कार्यमा सहयोग गर्न कुलमान घिसिङ चिलिमे आयोजना पुगे

। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका छन् ।

नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय र प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेका उनको सचिवालयले जनाएको छ । विदेशी विज्ञसहितको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयासमा छ ।

घिसिङले यसअघि चिलिमे चलविद्युत आयोजनामा कार्यकारी निर्देशनको रूपमा काम गरिसकेका थिए । सोही आधारमा उनीसँग समन्वय गरेर सुरूङभित्र फसेकाहरूको उद्धारका लागि घिसिङलाई लगिएको हो ।

यसअघि भदौ १४ गते पनि घिसिङले चिलिमे सुरुङसहित बाढी प्रभावित क्षेत्रको स्थलगत रेकी गरेका थिए ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको नेपाली सेनाले जनाएको छ । स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म ठूला उपकरण लैजानको लागि सडकमा रहेका ठूला ढुङ्गालाई विस्फोट गरी हटाउने कार्य भएको र मुख्य चट्टानसम्म पुग्न ९५ मिटर मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

मंगलबारसम्म चिलिमे क्षेत्रमा हेलिकप्टरबाट मात्रै आवतजावत सम्भव रहेकामा आजदेखि उद्धारस्थलसम्म अस्थायी सडक खुलाउने तयारी भइरहेको छ । उद्धार कार्यलाई रातिसमेत निरन्तरता दिने तयारी गरिएको छ ।

चिलिमे आयोजनाको सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास भइरहेको छ । मंगलबारसम्म उद्धार टोली सुरुङभित्र करिब ९० मिटर अघि बढिसकेको थियो ।

सुरुङभित्र अझै ६ जना रहेको आशंकामा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ...
। कर्णाली प्रदेश सरकारले मातहतका कार्यालयको कामलाई अब नियमित अनुगमनमा मात्र सीमित नराखी अंक र ग्रेडका आधारमा मूल्यांकन गर्ने भएको छ । कार्यालयको व्यवस्थापकीय क्षमता, सेवा प्रवाह, आर्थिक अनुशासन र कार्यसम्पादन कमजोर देखिए सम्बन्धित कार्यालय प्रमुखमाथि विभागीय कारबाहीसमेत अघि बढाउन सकिने व्यवस्था गरिएको छ । प्रदेश सरकारले ‘व्यवस्थापन परीक्षण निर्देशिका, २०८३’ जारी गर्दै मन्त्रालय, आयोग, प्रतिष्ठान, निर्देशनालय ...
। पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म चय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको हो । पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसका एक पदाधिकारीले महाधिवेशनअन्तर्गत बन्दसत्र पनि खुलामञ्चमै हुने बताएका छन् । कार्यवाहक मुख्य सचिव ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनले विकास साझेदारहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् । मन्त्रालयका अनुसार बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता ...