मुख्य समाचार
सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसिरहेकाहरूको उद्धार तीन दिनभित्र सम्पन्न हुने विश्वास गरे
सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसिरहेकाहरूको उद्धार तीन दिनभित्र सम्पन्न हुने विश्वास गरे

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसिरहेकाहरूको उद्धार तीन दिनभित्र सम्पन्न हुने विश्वास गरेका छन् ।

आयोजनास्थलमा रहेका न्यौपानेले एक्साभेटरका आउन पुर्‍याउन ढिलाइ भएका कारण उद्धार कार्यले तीव्रता प्राप्त गर्न नसकेको बताएका छन् ।

‘आज साँझ वा भोलिसम्म अस्थायी सडक निर्माण गरी एक्साभेटर सुरुङभित्र पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘त्यसपछि उद्धार कार्यले तीव्रता पाउने र बढीमा ३ दिनभित्र उद्धार कार्य सम्पन्न हुने विश्वास गरिएको छ ।’

चिलिमे जलविद्युत् आयोजनाभित्र रहेकाहरुको अवस्था बारे हालसम्म जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि ...
। संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे। सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, ...
। साविक विजेता कार्लोस अल्काराज युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । अमेरिकी खेलाडी बेन शेल्टनले बिहीबार बिहान सम्पन्न पाँच सेटको रोमाञ्चक खेलमा अल्काराजलाई ६–७ (५–७), ६–१, ६–३, १–६, ७–६ (१०–७) ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । न्युयोर्कस्थित आर्थर एश रंगशालामा राति ११ बजेपछि सुरु भएको खेल ४ घण्टा २८ मिनेटसम्म चलेको थियो । स्थानीय ...
। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका छन् । नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय र प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेका उनको सचिवालयले जनाएको छ । विदेशी विज्ञसहितको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयासमा छ । घिसिङले यसअघि चिलिमे चलविद्युत आयोजनामा ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् । ‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान् सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु,’ देउवाले भने । पूर्वसभापति ...