मुख्य समाचार
बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ
बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ

। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

सिंगापुर प्रहरीले २९ देखि ६६ वर्ष उमेर समूहका पाँच जनालाई पहिचान गरी सोधपुछ गरिएको पुष्टि गरेको छ।

नेपालको बाढीपहिरोमा परी १ हजारभन्दा बढी मानिसको ज्यान गएको र केही सिंगापुरका नागरिकसमेत सम्पर्कविहीन रहेको संवेदनशील परिस्थितिमा अनलाइन प्रयोगकर्ताहरूले भारतीय मूलका सिंगापुरवासीलाई लक्षित गर्दै घृणास्पद टिप्पणी गरेका थिए।

मन्त्री षण्मुगमका अनुसार सामाजिक सञ्जालमा उनीहरूले ‘होइन, ती हाम्रा आफ्ना होइनन्’, ‘मैले यहाँ भारतीय अनुहार मात्र देखिरहेको छु। छोडिदेऊ, उद्धार बन्द गर’, लगायतका टिप्पणी गरेका थिए ।

एयर इन्डिया लगानी र टेमासेकका सीईओमाथि निशाना

बाढीसम्बन्धी टिप्पणीका साथै भारतीय वायुसेवा कम्पनी एयर इन्डियामा सिङ्गापुर एयरलाइन्सको थप लगानीको विषयलाई लिएर पनि अनलाइनमा भारतीय समुदायविरुद्ध घृणा फैलाइएको पाइएको छ।

अत्यधिक वार्षिक घाटापछि एयर इन्डियाले आफ्ना मुख्य लगानीकर्ता टाटा सन्स र सिङ्गापुर एयरलाइन्ससँग करिब १.५ अर्ब अमेरिकी डलर थप पूँजी माग गरेको समाचार सार्वजनिक भएपछि यस्तो विवाद सुरु भएको थियो।

त्यसपछि अनलाइनमा भारतीय समुदायलाई ‘सर्प, करी, पराठा र कालो जादु’ जस्ता अपमानजनक विम्ब प्रयोग गरेर टिप्पणी गरिएको थियो।

इन्टरनेट प्रयोगकर्ताहरूले सिङ्गापुर एयरलाइन्सको मुख्य स्वामित्व रहेको सरकारी लगानी कम्पनी टेमासेकका प्रमुख कार्यकारी अधिकृत दिल्हान पिल्ले सन्द्रासेगरालाई समेत उनको जातीय पृष्ठभूमिका आधारमा निशाना बनाएका थिए।

सीईओ भारतीय मूलको भएकाले उनले एयर इन्डियाको पक्षपात गरेको आरोप अनलाइनमा लगाइएको थियो।

यसप्रति कडा आपत्ति जनाउँदै मन्त्री षण्मुगमले भने, ‘उनीहरूको नजरमा सीईओको अपराध भनेकै उनी भारतीय मूलका हुनु हो, जबकि उनी हामीजत्तिकै सिंगापुरका नागरिक हुन्। यो अत्यन्तै घिनलाग्दो र मानहानिपूर्ण छ।’

सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री हटाउन निर्देशन

सिंगापुरको डिजिटल विकास तथा सूचना मन्त्रालयले समुदायको मापदण्ड उल्लङ्घन गर्ने यस्ता घृणास्पद टिप्पणीहरू तत्काल हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशन दिएको छ।

सिंगापुर प्रहरीले जातीय भावनामा चोट पुर्‍याउने वा विभिन्न जातजातिबीच शत्रुता र वैरभाव फैलाउने कार्यलाई गम्भीरतापूर्वक लिइएको र थप संलग्नहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

मन्त्री षण्मुगमले सिंगापुर बहुजातीय र बहुधार्मिक देश भएकाले जातीय विभाजनले देशको जग नै कमजोर बनाउने चेतावनी दिएका छन्।

‘यदि हामी जातीय वा धार्मिक आधारमा विभाजित भयौँ भने सिंगापुरलाई बलियो बनाउने एकता गुम्नेछ,’ उनले भने, ‘सुरुमा सानो समूहले यस्ता घिनलाग्दा कुरा बोल्छन्, पछि त्यो सामान्य बन्दै जान्छ र अन्ततः राजनीति तथा समाजमा स्थापित हुन्छ। हामीले यसलाई कुनै पनि हालतमा सहन गर्नुहुँदैन।’

(एससीएमपीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो। नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्। युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन ...
: भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, ...
। यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ। यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ ...
। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्। अनलाइन प्रोजेक्ट ‘सामा मेन्सोभा’ लाई दिएको अन्तर्वार्तामा लाभरोभले युरोपेली युनियनले हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी प्राप्त गरिरहेको बताए। ‘हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् ...