मुख्य समाचार
प्रचण्डले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताए
प्रचण्डले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताए

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘आजको दिनलाई सम्झिदा मैले नेपालको राष्ट्रिय स्वाधीन जनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टा भित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ,’ भिडियो सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘र यसले के माग गर्छ भने गहिरो अध्ययन अनुसन्धान गरेर यो विध्वंश मचाउने तत्व को हुन् ? वास्तविक दोषी को छन् ? यसको सत्य तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु म ।’

उनले गएको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको पनि दाबी गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि नबढेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । ‘गएको एक वर्षमा त्यतातिर घटनाक्रम गएको छैन । मानव अधिकार आयोग द्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयन तिर अगाडि बढेको छैन । बरु दराजमा थन्कउने काम भएको छ,’ उनले भनेका छन् ।



गत भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ गतेको घटनाले सम्बोधन नगरेको संयोजक प्रचण्डको दाबी छ । भदौ २४ को घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनले जिकिर गरेका छन् ।

‘युवाहरूले भाद्र २३ गते जुन आकांक्षाको साथ सुशासनको कुरा गरेका थिए, पारदर्शिताको कुरा गरेका थिए, ती आकांक्षाहरू भाद्र २४ ले प्रतिनिधित्व गरेको छ त भन्दा भाद्र २४ ले ती भावना र आकांक्षालाई होइन, बरु जेनजी युवाहरुको भावना र आकांक्षा माथि प्रहार गर्ने र २३ को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालिमहाली भएको देखिन्छ,’ भिडियो सन्देशमा भनिएको छ ।

प्रचण्डले भदौ २४ को घटनाका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको दाबी गरेका छन् । वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर घटनाको अन्तर्राष्ट्रिय स्तरबाट अध्ययन–अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

‘मैले यसलाई रहस्यमय छ र अझ गम्भीर अनुसन्धानको दायरामा ल्याउनै पर्छ भन्ने किन पनि भन्न चाहन्छु भने यसको राष्ट्रिय आयामहरु छन् । यसको अन्तराष्ट्रिय आयामहरु पनि छन्,’ प्रचण्डले भनेका छन्, ‘त्यसकारण अन्तराष्ट्रिय स्तरबाट पनि आजको भूराजनीतिको सन्दर्भमा पनि यसको अध्ययन अनुसन्धान हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २२ गते १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि ...
। संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे। सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, ...
। साविक विजेता कार्लोस अल्काराज युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । अमेरिकी खेलाडी बेन शेल्टनले बिहीबार बिहान सम्पन्न पाँच सेटको रोमाञ्चक खेलमा अल्काराजलाई ६–७ (५–७), ६–१, ६–३, १–६, ७–६ (१०–७) ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । न्युयोर्कस्थित आर्थर एश रंगशालामा राति ११ बजेपछि सुरु भएको खेल ४ घण्टा २८ मिनेटसम्म चलेको थियो । स्थानीय ...
। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका छन् । नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय र प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेका उनको सचिवालयले जनाएको छ । विदेशी विज्ञसहितको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयासमा छ । घिसिङले यसअघि चिलिमे चलविद्युत आयोजनामा ...