मुख्य समाचार
ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै रहेको बताए
ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै रहेको बताए

: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै रहेको बताएका छन्। भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, विध्वंश र आक्रमण नेपालको इतिहासकै त्यो कालो अध्याय भएको बताएका छन्।

प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भएका समग्र घटनाक्रमले भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना नभएको उनको दाबी छ। ओलीले त्यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप भएको टिप्पणी गरे। ‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै थियो। उनीहरुले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो।’ ओलीले भनेका छन्, ‘अझ प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो। शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका निम्ति को जिम्मेवार छन् भन्नेबारे गहिरो छानबिन हुनुपर्छ।’

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी भन्ने झुठा आरोप लगाउँदै दुराग्रह, दूषित मनशाय र प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तार गर्ने र मुद्दा चलाउने कुचेष्टा गरिएको उनको भनाई छ। ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी भन्ने झुठा आरोप लगाउँदै दुराग्रह, दूषित मनशाय र प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तार गर्ने र मुद्दा चलाउने कुचेष्टा गरिएको छ। तर त्यस दिनको यथार्थ र त्यस घटनामा सुरक्षा निकायको भूमिका सम्बन्धी प्रतिवेदनलाई गुपचुप राखिएको छ।’ उनले भनेका छन्,‘भदौ २४ को विध्वंशका आरोपीहरुलाई जुन ढङ्गले उन्मुक्ति दिने र उनीहरु विरुद्ध सुरु भएका अनुसन्धान एवं अभियोजनका प्रक्रियालाई जसरी रोक्ने काम भएको छ, यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको छ। नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ। व्यावसायिक क्षमताको अभाव हो कि निष्ठाको भनेर समाजमा उठिरहेका प्रश्नको यथोचित उत्तर खोजिनु आवश्यक छ।’

गत वर्षको भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भएको ओलीको टिप्पणी छ। उनले भनेका छन्,‘निरङ्कुश राजतन्त्रलाई शान्तिपूर्ण जनआन्दोलनका बलमा अन्त्य गरेर र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई वार्ताका माध्यमबाट लोकतान्त्रिक बाटोमा रूपान्तरित गरेर नेपालले लोकतन्त्र र शान्तिका दिशामा एउटा विशिष्ट दृष्टान्त स्थापित गरेको थियो। तर गतवर्ष जसरी प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘वैध’ बनाउने काम भयो, यसले नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम पैदा गरेको छ। यसमा हामी अत्यन्तै चिन्तित छौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्। मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा ...
: काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी ...
: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ। स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला ...