मुख्य समाचार
प्रचण्डले शहीदको बलिदानबाट प्राप्त गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको बताए
प्रचण्डले शहीदको बलिदानबाट प्राप्त गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको बताए

: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको बलिदानबाट प्राप्त गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी चलखेलका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताएका हुन्।

प्रचण्डले भने,‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।’

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे। उनले भने,‘सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्‍यो।’

उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ। स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला ...
: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्। भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले घटनालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन्। जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सरकार सफा नियतका साथ आएको र सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। उनले आन्दोलनपछि जनताले लोकतान्त्रिक ...
: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै रहेको बताएका छन्। भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, ...