मुख्य समाचार
माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास
माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास

: माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन्। माइतीघर मण्डलामा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आत्मदाह प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती महिलालाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनलाई वीर अस्पताल पुर्‍याइएको हो।

घटना सम्बन्धमा आवश्यक छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरूले युवा पुस्तालाई सेवाको राजनीति सिकाउने बताए। ‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो, हामीले सेवा गर्न सिकाउँछौं। यही हो ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नै छानबिन प्रतिवेदन लुकाएर घटनाको वास्तविकता बाहिर आउन दिएका छैनन्,’ प्रचण्डले भने । जेनजी आन्दोलनमा सहभागी युवाहरूको भावना र उद्देश्यलाई ...
: चीनले नेपाललाई चौथो खेपको आपतकालीन राहत सामग्री प्रदान गरेको छ। चीनबाट पठाइएको राहत सामग्री मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। चीनले पठाएको यसपटकको राहत सामग्रीमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय सरकारको अहंकारले बाढीबाट बढी मानवीय क्षति भएको दाबी गरेका छन् । मंगलबार धनुषाको लालगढमा एमाले मधेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बाढीमा यो सरकारको अहंकारले मानवीय क्षति बढाएको छ,’ पोखरेलले भने, ‘बाढी आएकै दिन सुरुङ पस्ने अनुमति देश–विदेशका विज्ञले पाएका भए धेरैजना बाढीमा फसेका ...
: नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल,लवी,पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी,व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी,पार्किङ स्थल तथा बगैचा बुक गरिदिन अनुरोध गरेको ...