मुख्य समाचार
भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला
भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला

। भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ ।

रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो ।

२०८३ भदौ २३ गते अपरान्ह १:०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ । प्राधिकरणकाअनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरूको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ ।

चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।



हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् ।

बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेका छन् । प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका छन् । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन् ।

उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन् ।

सरकारले राहत वितरण प्रक्रियालाई पनि तिब्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ ।

पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । जसपा नेपालको जिल्ला समितिद्वारा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए । ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले बेहोर्नुपरेको उल्लेख ...
। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्। ‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० ...
। विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ। यी हुन् उनको कोठाबाट बरामद भएका पटकाहरू गोल्डेन स्ट्रबेरी पटका १२ वटा सुपर हिरो पटका ...
। कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । केदार महर्जनलाई कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा २ वर्ष कैदको ...
। भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ...