मुख्य समाचार
च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदै
च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदै

। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् ।

यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि दाबेदारको रूपमा हेरिएको छ । गत दुई संस्करणको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ ।

तर नयाँ सिजनको सुरुवात भने पीएसजीका लागि सहज देखिएको छैन । घरेलु प्रतियोगितामा अपेक्षाअनुसार सुरुवात गर्न नसके पनि टोलीमा नयाँ ऊर्जा थपिएको दाबी प्रशिक्षक लुइस एनरिकेले गरेका छन् ।

उपाधिको बलियो दाबेदार स्पेनको ला लिगा च्याम्पियन बार्सिलोनासँग लामिन यामालजस्ता युवा स्टार छन् । फिफा विश्वकप २०२६ को सर्वाेत्कृष्ट खेलाडी रोड्रीलाई भित्राएपछि बार्सिलोनाको आत्मबल झनै उच्च छ । टोलीले लिग चरणको पहिलो खेलमा फेनोर्डको सामना गर्नेछ ।

यूईएफए च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा सफल क्लब रियल मड्रिड पनि उपाधि दौडमा स्वाभाविक रूपमा अगाडि छ । जोसे मोउरिन्होको नेतृत्वमा रहेको रियलले पहिलो खेलमै इन्टर मिलानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मोउरिन्होका लागि इन्टरविरुद्धको खेल विशेष हुनेछ । किनकि उनले सन् २०१० मा इन्टरलाई च्याम्पियन्स लिग उपाधि जिताएका थिए ।

आर्सनल पनि यसपटक बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ । च्याम्पियन्स लिगको उपाधि अहिलेसम्म जित्न नसकेको आर्सनलले यसपटक आफ्नो इतिहास बदल्ने लक्ष्य राखेको छ । टोलीले पहिलो खेलमै नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दाबेदारको लिष्टमा म्यानचेस्टर सिटी र बायर्न म्युनिख हुनेछन् । सिटीले पहिलो खेलमा पोर्टाेसँग खेल्दा बायर्नले बोडो ग्लिम्टको सामना गर्नेछ ।

लिग चरणको पहिलो म्याच डेबाटै ठूला खेलले प्रतियोगिताको माहोल तताउनेछ । रियल मड्रिड र इन्टर मिलानबीचको भिडन्त सबैभन्दा आकर्षक खेलमध्ये एक हुनेछ । त्यस्तै बार्सिलोना, म्यान्चेस्टर सिटी, लिभरपुल, आर्सनल, पीएसजी र बायर्नका खेलमा पनि विश्वभरका समर्थकको नजर हुनेछ ।

नयाँ ढाँचाअनुसार लिग चरणमा शीर्ष आठमा रहने टोली सोझै अन्तिम १६ मा पुग्नेछन् । नवौंदेखि २४औं स्थानसम्म रहने टोलीले नकआउट प्लेअफ खेल्नुपर्नेछ भने २५औं देखि ३६औं स्थानसम्मका टोली प्रतियोगिताबाट बाहिरिनेछन् । यसले गर्दा पनि लिग चरणका प्रत्येक खेलको महत्व बढेको छ । शीर्ष आठमा पुग्ने टोलीले अतिरिक्त नकआउट प्लेअफ खेल्नुपर्ने छैन । जसले उपाधिको यात्रामा ठूलो फाइदा पुर्‍याउन सक्छ ।

लिग चरण २७ जनवरी २०२७ मा सकिनेछ । त्यसपछि शीर्ष टोलीहरू नकआउट चरण हुँदै उपाधिको अन्तिम यात्रामा अघि बढ्नेछन् । यसपटकको च्याम्पियन्स लिगमा पीएसजीको लगातार तेस्रो उपाधिको लक्ष्य, बार्सिलोनाको युवा शक्तिको प्रदर्शन, रियल मड्रिडको युरोपेली विरासत, आर्सनलको पहिलो उपाधिको खोजी तथा म्यानचेस्टर सिटी र बायर्नको चुनौती मुख्य आकर्षण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम