मुख्य समाचार
सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता
सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।

जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदान खेर जान नदिने बताएका हुन् ।

‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो मर्‍यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएको हो,’ सांसद सुनारले भनेका छन्, ‘…तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन ।’

वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने उनको दाबी थियो । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाइ छ ।

शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत वर्ष भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नागरिक अगुवा तथा अधिकारकर्मीहरूले घटनासम्बन्धी छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २४ जना नागरिक अगुवाहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही, प्रतिवेदन सार्वजनिक र १० बुँदे सम्झौता कार्यान्वयनको माग गरेका हुन्। सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र सामाजिक ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको हो। परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् । बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको ...
। सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख ...
। गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् । मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको छ त्यो जिम्मेवारी हो । त्यो परिवर्तन जसको लागि हामी लडेका ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् । अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको ...