मुख्य समाचार
१८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन
१८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन

। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व दिने बताएकी छिन्। उनले यस वर्ष ब्रिक्स नेताहरूको शिखर सम्मेलनको सफल आयोजनाका लागि भारतलाई समर्थन गर्ने जनाएकी छिन्।

नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा चीनका तर्फबाट को सहभागी हुने र सम्मेलनबारे चीनको के अपेक्षा छ भनेर माओ निङलाई प्रश्न सोधिएको थियो।

सो प्रश्नको उत्तरमा उनले भनिन्, “तपाईंको यो प्रश्नका बारेमा अहिले मसँग साझा गर्नका लागि कुनै जानकारी छैन।”

सी चिनपिङको भारत भ्रमणबारे अड्कलबाजी भइरहेका बेला माओ निङको यो भनाइ आएको हो। १८ औँ ब्रिक्स शिखर सम्मेलनमा आफ्नो प्रतिनिधित्व कसले गर्नेछ भन्ने कुरा चीनले अहिलेसम्म स्पष्ट पारेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो। बिक्री र प्रवाह पनि सुरु गर्‍यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ ...
: सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–१५) ले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्पविकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील तथा अल्पविकसित देशका लागि वार्षिक १०० अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। ...
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...
। जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल र प्रारम्भिक नतिजाअनुसार एएफडीले करिब ४४ प्रतिशत भोट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै चरम-दक्षिणपन्थी पार्टी जर्मन राज्यस्तरमा सत्ताको यति नजिक पुगेको हो। यो नतिजा चान्सलर फ्रेडरिक मर्ज ...