मुख्य समाचार
पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु
पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु

। राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।

पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी निजको निधन भएको थियो। प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेकाले स्थानीय कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदान खेर जान नदिने बताएका हुन् । ‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् । अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको ...
। कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्‍याम्प) मा पुन: पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ । सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ ...
। मधेश प्रदेश सरकार आर्थिक जोखिममा परेको छ । मधेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को लागि गत १ असारमा ल्याएको ४१ अर्ब १३ करोड ८६ लाखको बजेट घट्ने अनुमान गरिएको छ । बजेट असारमै सदनबाट पास भएर कार्यान्वयनमा आएपछि ठूलो मात्रामा बजेट घट्ने आकलन सरकारको छ । कृष्णप्रसाद यादव नेतृत्वको सरकारले आर्थिक जोखिमलाई टार्न विभिन्न ...
। पहिरोका कारण तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाएपछि मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको हो । भदौ २० गते गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएर आज भदौ २३ गते दिउँसो २:४५ बजेदेखि साना तथा मझौला सवारीसाधन दोहोरो ...