मुख्य समाचार
जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद
जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद

। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा तथा इन्धन बरामद गरिएको हो।

त्यस्तै, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी र पानी तान्ने मोटर लगायतका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामानको कुल मूल्य रु। १५ लाख ५६ हजार ५ सय ७५ रहेको छ।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा नियमानुसार दाखिला गरिएको नं। ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ। एसपी सुमनजंग थापाको कमाण्डमा सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी, गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिने, जिन्सी सामान उठाएर लैजाने, धरपकड गर्नेजस्ता कार्य गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नम्बर ८ लाई कार्यान्वयन गर्न एक सूचना जारी गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । सचिवस्तरीय निर्णय गर्दै गृह ...
: भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले धादिङमा ६ वटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुलमा भएको क्षतिले जिल्लाका विभिन्न स्थानीय तहबीचको सडक तथा पैदल आवागमन प्रभावित भएको छ। बाढीले पृथ्वीराजमार्गबाट धादिङबेँसी सदरमुकाम जोड्ने फुर्केखोला-परेवाटारको पक्की पुलसमेत बगाएपछि सदरमुकाम र राजमार्गबीचको नियमित सडक सम्पर्क प्रभावित बनेको छ। फुर्केखोला ...
। अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् । मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ ...
: भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय गरी सो सहयोग उपलब्ध गराइएको हो। जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ...
। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ...