मुख्य समाचार
नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित
नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित

: नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो।

अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए। ३ खेलमा अन्नपूर्णको दोश्रो जित हो । आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले चुकेको थियो।

मधेश भने हालसम्म जितविहीन छ । मेधशले पनि ३ खेल खेलिसकेको छ । मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पछि परेको थियो। सोमबारै दोश्रो खेल अपराजित दुई टोली कर्णाली र सगरमाथा स्म्यासर्सबीच हुनेछ। दुवै टोलीको तेश्रो खेल हो ।यस प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्।
लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो। कर्णालीले २५-१६,२३-२५,२५- २३, १९- २५ ...
। लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे । यमालले आठौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै फर्मनि ...
: नेपाल भलिबल लिग (एनबिएल)को पहिलो संस्करणको तेस्रो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले खप्तड फालकन्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेलमा कर्णालीले खप्तडलाई ३–०को सोझो सेटमा पराजित गरेको हो। कर्णाली शिवराजले खप्तड फालकन्सलाई २५–१९,२५–१९ र २५–१९ ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई ...
। काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित हुँदा सुनिता–भावनाको जोडीले रजत पदकमा चित्त बुझायो । पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमाउँदै स्वर्ण पदक जित्नबाट बञ्चित बन्यो । भारतीय टोलीले दोस्रो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्स प्रालिबाट आफू सम्पूर्ण सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा सिग्देलले आफू तत्काल प्रभावबाट दुवै संस्थाको दैनिक सञ्चालन, प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापन र ...