मुख्य समाचार
भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा
भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा

: रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो।

पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका काम गरिएको छ। योसँगै उक्त खण्डमा ठूला सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ।

यसअघि सञ्चालनमा रहेको काठमाडौं-टोखा-छहरे-चौघडा पुल-बाहुनबेसी-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटिखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकबाट ४ चक्के साना सवारी साधन सञ्चालन हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् । मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ ...
: भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय गरी सो सहयोग उपलब्ध गराइएको हो। जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ...
। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ...
: बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन्। चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन विकल्प खोजेका हुन् । थेराङ खोलाको बाढीले बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङ खण्डमा दुईवटा झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग ...
। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै ...