मुख्य समाचार
ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ
ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

: ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए। उनका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटिई सूक्ष्म अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकोट गाउँपालिकाको पुर्वस्वास्थ्य शाखामा कार्यरत करिब ४५ वर्षीय धनराज ढकाल घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको बताए।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेका र आगलागीको वास्तविक कारण तथा घटनामा उनीहरूको संलग्नतासम्बन्धी थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीले जनाएको छ । आगलागीबाट जिंसी शाँखामा राखीएको काठको र्याग ४ वटा, सुत्ने खाट एउटा, टेबल एउटा, सोलारको व्याट्री १ सहित आर्थिक वर्ष २०७३।०७४ देखी हाल सम्मका कागजातहरु जलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् । मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ ...
: भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय गरी सो सहयोग उपलब्ध गराइएको हो। जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ...
। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ...
: बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन्। चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन विकल्प खोजेका हुन् । थेराङ खोलाको बाढीले बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङ खण्डमा दुईवटा झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग ...
। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै ...