मुख्य समाचार
भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह
भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह

। भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह गरेको छ ।

बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सो आग्रह गरेका हुन् ।


बैठकमा इन्डो प्यासिफिक हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो प्यासिफिक मामिलाकी निवर्तमान मन्त्री तथा फेल्थम एण्ड हेस्टनकी सांसद सिमा मल्होत्रा, नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहकी अध्यक्ष तथा अल्डरसट र फार्नबरोबाट निर्वाचित सांसद एलेक्स बेकर, रेडिङ सेन्ट्रलका सांसद म्याट रोडा (जसले सन् २०१३ को पहिलो आमरण अनसनदेखि नै गोर्खा अभियन्ता ज्ञानराज राईलाई समर्थन गर्दै आएका छन्), सरे हिथ सांसद डा. अल पिंकरटन, पिटर स्वालो (ब्य्राकनेल सांसद), बेजिङस्टोक क्षेत्रका सांसद लुक मर्फी लगायत सहभागी थिए ।

दुवाडीले नेपालमा संकटपछिको पछिल्लो अवस्थाबारे मन्त्री र सांसदहरुलाई जानकारी गराउँदै पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि बेलायतको थप सहयोग आग्रह गरेका थिए ।



दुवाडीले यस कठिन घडीमा नेपालप्रति देखाएको निरन्तर ऐक्यबद्धता र सहयोगका लागि बेलायत (संयुक्त अधिराज्य) सरकार तथा जनताप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

बाढी लगत्तै बेलायतले मानवीय सहायता स्वरुप ५ मिलियन पाउण्ड उपलब्ध गराउने घोषणा गरेको थियो ।

बैठकमा बेलायतका लागि कार्यवाहक राजदूत दुवाडीले नेपालको पुनर्निर्माणका लागि थप आर्थिक प्याकेज घोषणा गर्न पहल गर्न आग्रह गरे । ‘निजी क्षेत्र र विकास साझेदारहरुसंग कनेक्ट गरेर विकास सम्मेलनका विषयमा बेलायत सरकारले कसरी सहयोग गर्न सक्छ भन्नेबारे पनि मैले चासो र अपेक्षा व्यक्त गरें’, दुवाडीले अनलाइनखबरसँग भने ।

बैठकमा दुई देशका साझा चासोका विषयमा समेत छलफल भएको दुवाडीले बताए ।

मन्त्री र सांसदहरुसंग भूतपूर्व गोर्खाहरुका समानता माग सम्बोधन, दोहोरो कर उन्मुक्ति, सिधा हवाई सम्पर्क, पर्यटन लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा विशेषगरी लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका भूतपूर्व गोर्खा सैनिकका माग तथा सरोकारका विषयहरूसमेत उठाइएको थियो । धेरै अगाडि बढिसकेको त्रिपक्षीय वार्ता स्थगन भइरहंदा गोर्खाहरु निरास हुनेतर्फ दुवाडीले बेलायत पक्षलाई सचेत गराएका थिए ।

दुवाडीले बेलायती भेट्रान मन्त्री स्टेफेन डउटीसंग २८ अगष्टमा भर्चुअल र सेप्टेम्बर १ मा प्रत्यक्ष भेटघाट गरि गोर्खा वार्ता अगाडि बढाउन दवाव दिएका थिए । यसका साथै दुवाडीले आउँदो सेप्टेम्बर १४ मा डिनरसहित मन्त्री र जी टेन आवद्ध गोर्खा प्रतिनिधिहरुको अनौपचारिक बैठक डाकेका छन् ।

बैठकमा दुवाडीले नेपाल सरकारका तर्फबाट बेलायतसमक्ष नेपाल भ्रमण गर्न चाहने ब्रिटिशहरुलाई ‘ट्राफल एड्भाइजरी’ मार्फत सकारात्मक सन्देश प्रवाह गरिदिन समेत आग्रह गरेका थिए ।

भोटेकोशी बाढीपछि ब्रिटिश तथा अन्तर्राष्ट्रिय मिडियाहरुले नेपालको विनाशमात्र ‘फोकस’ गरेकोप्रति दुवाडीले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा उपस्थित सांसदहरुले दुवाडीको ब्रिफिङपछि दिवंगतप्रति श्रद्धान्जली अर्पण गर्दै सरकारको धारणा मागेका थिए ।

समूह अध्यक्ष सांसद बेकरले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा जोड दिँदै नेपाल सरकारका आवश्यकता र प्राथमिकताहरू सम्बोधन गर्न सम्भव भएसम्मको सहयोग उपलब्ध गराउन मन्त्रीसमक्ष आग्रह गरेकी थिइन् ।

अन्य सांसदहरूले पनि नेपाललाई बेलायतबाट प्राप्त सहयोगबारे आफ्ना धारणा राख्दै बेलायत सरकारलाई नेपालप्रतिको सहयोग अझ सुदृढ गर्न आग्रह गरेको दूतावासले जनाएको छ ।

जवाफमा मन्त्री वीन्टरटनले बाढी लगत्तै गत साता विशेष प्राथमिकता दिएर आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राथमिकता हेरेर सहयोग गर्न बेलायत सरकार तयार भएको बताएको दुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्। मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा ...
: काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी ...
: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ। स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला ...