मुख्य समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप

। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाएका छन् ।

भैरहवामा सोमबार जसपा नेपालको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकारमा आएयता भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् ।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा बनाइयो । रास्वपाले बहुमत पायो,’ अध्यक्ष यादवले भने, ‘तर, बहुमत पाइसकेपछि विकास र सुशासन हरायो ।’

जनताले अहिले पनि सुशासन नपाएको उनले टिप्पणी गरे । ‘अहिले पनि कुशासनै कायम छ । आज देश आर्थिक संकटमा परेको छ’, उनले भने ।

अध्यक्ष यादवले गरिब जनतामाथि करको भार थपिएको, कृषि, उद्योग र पर्यटन क्षेत्र खस्कँदै गएको र देश आर्थिक मन्दीको जोखिममा परेको बताए ।

विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु नै आफ्नो पार्टीको ठूलो गल्ती भएको उनले बताए ।

उनले भने, ‘त्यसको आत्मसमीक्षा गरी प्रदेश सांसदसहित २१ जनालाई कारबाही गरिएको हो ।’

अर्को प्रशंगमा उनले विकसित र शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको ठूलो जोखिममा परेको बताए । विकसित मुलुकहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइड र हरितगृह ग्यासका कारण हिमनदी पग्लिने दर बढेको र वातावरणीय सन्तुलन बिग्रिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति ...
। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् । जेनजी आन्दोलन एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेकबुकमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् । कार्कीका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र ...
: प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरङभित्र फसेका व्यक्तिहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले स्रोत, साधन र समयको सीमिताताभित्र पनि उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका हुन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएको उल्लेख गर्दै शाहले ...
: रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, ...
। रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक ...