मुख्य समाचार
बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा दीप प्रज्ज्वलन
बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा दीप प्रज्ज्वलन

। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, बोर्डका पदाधिकारीहरु, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएका सबैप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । साथै अझै बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो ।

गत २६ अगस्ट २०२६ मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याउनुका साथै त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुहरू समेत प्रभावित भएका थिए ।

बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, ...
। रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक ...
: ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए। उनका ...
। भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह गरेको छ । बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सो आग्रह गरेका हुन् । बैठकमा इन्डो प्यासिफिक हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो प्यासिफिक मामिलाकी निवर्तमान मन्त्री तथा फेल्थम एण्ड हेस्टनकी ...
: भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ...