मुख्य समाचार
एमभी दुगड ग्रुपद्वारा उद्धार कोषमा १ करोड ११ लाख सहयोग
एमभी दुगड ग्रुपद्वारा उद्धार कोषमा १ करोड ११ लाख सहयोग

। रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको समेत स्वेच्छिक आर्थिक सहयोग समेटिएको उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले हस्तान्तरण गरेका हुन्। उक्त सहयोग बाढीपहिरो प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनर्स्थापनामा उपयोग होस् भन्ने उद्देश्यले प्रदान गरिएको ग्रुपले जनाएको छ।

ग्रुपले विपद्का बेला नेपाल सरकारसँग सहकार्य गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै ग्रुपले २०७८ सालदेखि देशभर वृक्षरोपण अभियानसमेत सञ्चालन गर्दै आएको छ।

अभियानअन्तर्गत हालसम्म विभिन्न स्थानमा ३ लाखभन्दा बढी बिरुवा रोपिएको तथा राजमार्ग, विद्यालय, सरकारी कार्यालय र सुरक्षा निकायका परिसरमा फलफूलसहित २५ हजारभन्दा बढी उन्नत जातका बिरुवा रोपी संरक्षण गरिएको ग्रुपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, ...
। रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक ...
: ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए। उनका ...
। भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह गरेको छ । बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सो आग्रह गरेका हुन् । बैठकमा इन्डो प्यासिफिक हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो प्यासिफिक मामिलाकी निवर्तमान मन्त्री तथा फेल्थम एण्ड हेस्टनकी ...
: भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ...