मुख्य समाचार
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार

। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् ।

सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ ।

बैठकमा एलडीपी नीति प्रमुख ताकायुकी कोबायाशी, एलडीपीका कार्यकारी कार्यवाहक महासचिव कोइची हागिउडा र मुख्य क्याबिनेट सचिव मिनोरु किहारा सहभागी भएको रिपोर्टमा उल्लेख छ । सोमबार अपरान्ह ताकाइचीले एलडीपीका महासचिव शुनइची सुजुकीसँग भेट गरेका छन्।

यो फेरबदलको चर्चा शरद ऋतुमा हुने असाधारण संसदीय अधिवेशनअघि आएको हो । “ताकाइचीले अर्को शरद ऋतुमा हुने पार्टी अध्यक्षीय निर्वाचनमा सम्भावित प्रतिद्वन्द्वीहरूलाई नियन्त्रणमा राख्न उनीहरूलाई प्रमुख पदहरू दिएर आफ्नो प्रशासनको आधार बलियो बनाउने इरादा राखेको देखिन्छ,” रिपोर्टमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ। कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख ...
: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्। जापान सरकारले उपलब्ध गराएको राहत ...
। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ। समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति ...
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...