मुख्य समाचार
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी

। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् ।

उनले सञ्जालमार्फत निरन्तर भारतीय टोलीसहितको समन्वयनमा उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् ।

राजदूत श्रीवास्तवका अनुसार, नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्नका लागि आवश्यक सुरक्षा डोरीको कनेक्सन बनाइएको बताएका छन् ।

‘सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटर समेत घटनास्थलमा ल्याइएको छ,’ उनले भनेका छन् ।



यसैबीच, उद्धार कार्यलाई सहज बनाउन आवश्यक सडक निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाएका छन् । भैरहवामा सोमबार जसपा नेपालको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकारमा आएयता भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् । ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा ...
। नेपाल कानुन आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ । नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले तयार गरेको प्रतिवेदन कानुनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिने छ । आयोगले पेश गरेको वार्षिक प्रतिवेदनमा आयोगको परिचय, कानून सुधारमा आयोगको ...
: जेन—जी आन्दोलनका क्रममा निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण सुरु भए पनि बिमा दाबीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्। कतिपय व्यवसायीले बैंकबाट कर्जा लिएर र आफ्नै स्रोत परिचालन गरेर उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याएका छन्। ...
। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग पुँजी बजारका विषयमा छलफल गरेका हुन्। उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, ...