। भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ ।
आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो ।
मन्त्रालय परिवारको आयोजनामा भन्सार विभाग प्राङ्गणमा स्मृति सभा आयोजना भएको हो । भन्सार विभागका अनुसार कुल १५ कर्मचारी भोटेकोशी बाढीमा परेका थिए । जसमध्ये एक जनाको शव भेटिएको छ । १४ जना अझै बेपत्ता छन् ।