मुख्य समाचार
रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता
रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्।

जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेशमन्त्रीलाई आश्वस्त पारेका छन्।

यस कठिन घडीमा अमेरिकाले गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए।

टेलिफोन वार्तामा अमेरिकी विदेशमन्त्री रुबियोले विपद्को यस घडीमा नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् । दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ । प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ...
। मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
। वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना रामेछापबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालका–५ का ३८ वर्षीय दीपक भनिने ...
। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ...
। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरेका ...