मुख्य समाचार
युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी
युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी

। रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ। एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ड्रोन खरिद गर्न सकिन्छ।

भ्रष्टाचार रोक्ने र कर सङ्कलन गर्ने लक्ष्य

युक्रेनमा हाल पोर्नोग्राफीलाई पूर्ण रूपमा कानुनी मान्यता छैन। यसलाई वैधानिक बनाउनुको मुख्य उद्देश्य सरकारको आम्दानी बढाउनु मात्र नभई भ्रष्टाचारको बाटो बन्द गर्नु पनि रहेको अधिकारीहरूले बताएका छन्।

प्रस्तावका समर्थकहरूका अनुसार, यसले प्रहरीलाई एडल्ट कन्टेन्टका सानातिना मुद्दामा अल्झिनुभन्दा गम्भीर अपराधमा ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ। हाल यो व्यवसाय कानुनी कारबाहीको डरले लुकिछिपी चलिरहेको छ।

युक्रेनको संसद्ले जुलाई १४ मा वयस्कबीच सहमतिमा बनाइने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने प्रावधानसमेत रहेको नयाँ विधेयक पहिलो वाचनमा पारित गरेको छ।

विधेयकको पक्षमा २३१, विपक्षमा ८ र ३ सांसदले तटस्थ मत दिएका थिए भने ५५ सांसदले मतदान गरेनन्। अब यसलाई दोस्रो चरणको छलफलका लागि पेस गरिनेछ।

ठूलो कारोबार, तर कानुन बाधक

युक्रेनमा अनलाइन एडल्ट कन्टेन्टको कारोबार तीव्र रूपमा बढेको छ। सेप्टेम्बर २०१६ बाट सुरु भएको ‘ओन्ली फ्यान्स’ जस्ता सब्सक्रिप्सनमा आधारित प्लेटफर्ममा ठूलो सङ्ख्यामा युक्रेनी क्रिएटरहरू सक्रिय छन्।

रिपोर्टअनुसार सन् २०२३ मा मात्रै करिब ८ हजार युक्रेनी क्रिएटरले ‘ओन्ली फ्यान्स’बाट १३ करोड १० लाख डलर भन्दा बढी कमाएका थिए। यो त एउटा प्लेटफर्मको मात्र तथ्याङ्क हो, समग्र एडल्ट कन्टेन्ट कारोबारको आकार योभन्दा निकै ठूलो छ।

तर, युक्रेनको हालको कानुनअनुसार पोर्न कन्टेन्ट बनाउनु र वितरण गर्नु गैरकानुनी छ। यस्तो अवस्थामा क्रिएटरहरूलाई आफ्नो कमाइमा कर तिर्न सहज छैन। कर तिर्न खोज्दा उनीहरूको पहिचान खुल्ने र पोर्नोग्राफी कानुनअन्तर्गत उल्टै अनुसन्धान र कारबाही भोग्नुपर्ने डर छ।

कर तिर्दा पनि अनुसन्धान, घूसखोरीको समस्या

कतिपय कन्टेन्ट क्रिएटरले आफ्नो कमाइ सरकारलाई जानकारी गराएर कर तिर्ने प्रयास गरे पनि उनीहरूले अनुसन्धानको सामना गर्नुपरेको छ।

गैरकानुनी व्यवसाय भएकाले क्रिएटर र अधिकारीबीच ब्ल्याकमेल र घूसखोरीका घटना पनि बढेका छन्। युक्रेनका तीनवटा क्षेत्रमा अधिकारीहरूले एडल्ट कन्टेन्ट कारोबारमा संलग्न व्यक्तिहरूबाट घूस लिएको आरोप लागेको छ।

एडल्ट कन्टेन्ट क्रिएटर स्भितलाना द्वोर्निकोभाका अनुसार उनले हालसम्म करिब ९ लाख डलर कर तिरिसकेकी छन्। उनले यस व्यवसायलाई कानुनी मान्यता दिएर कर सङ्कलन गरे सरकारले युद्धका लागि अतिरिक्त रकम जुटाउन सक्ने बताएकी छन्। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वेबसाइटमा दर्ता गराएको यससम्बन्धी याचिकाममा २५ हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए।

बालबालिकासम्बन्धी अपराधमा भने कडाइ

२५ हजारको हस्ताक्षरपछि राष्ट्रपति जेलेन्स्कीले संसद्लाई यस प्रस्तावमा विचार गर्न आग्रह गरेका थिए। नयाँ प्रस्तावले वयस्कहरूबीच सहमतिमा बनाइएको एडल्ट कन्टेन्टलाई अपराध नमाने पनि बालबालिकासँग जोडिएको विषयलाई भने कडा अपराधकै रूपमा राखेको छ। सांसद जेलेज्न्याकका अनुसार यस्ता गम्भीर अपराधमा कानुनी कारबाही अझ कडा बनाइनेछ।

रक्षा बजेटको अभाव र विकल्पको खोजी

फेब्रुअरी २०२२ देखि रुससँग युद्ध लडिरहेको युक्रेनको सबैभन्दा ठूलो खर्च रक्षा र सेनामा भइरहेको छ। विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ सम्म युक्रेनले युद्धमा करिब १७१ अर्ब डलर खर्च गरिसकेको छ।

सन् २०२५ मा युक्रेनले सुरक्षा र रक्षामा करिब ३.८३ ट्रिलियन रिभ्निया खर्च गर्‍यो, जुन देशको कुल गार्हस्थ्य उत्पादनको ४२.९ प्रतिशत हो।

गत अगस्ट (२०२६) मा युक्रेनका रक्षामन्त्रीले सन् २०२६ को सैन्य बजेटमा करिब २७ अर्ब डलरको अभाव रहेको जानकारी गराएका थिए।

एडल्ट कन्टेन्टबाट आउने साढे २ करोड डलर कुल आवश्यकताको तुलनामा निकै सानो रकम भए पनि, चलिरहेको व्यवसायलाई नियमन गरी अतिरिक्त कर जुटाउने यो एउटा सुरक्षित बाटो बन्ने सरकारको विश्वास छ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...
: डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वर्ल्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्। यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वर्ल्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो ...
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...