मुख्य समाचार
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज

। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ ।

बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको हो ।

सरकारले तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बोर्डका अनुसार विपद्बाट प्रभावित नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउन ती जिल्लामा तोकिएका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा निर्धारित अवधिसम्म उपचार गराउँदा सहभुक्तानी र क्यापिङ लागू हुने छैन ।

त्यस्तै, बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको छ ।

परिचयपत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् । दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ । प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ...
। मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
। वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना रामेछापबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालका–५ का ३८ वर्षीय दीपक भनिने ...
। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ...
। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरेका ...