मुख्य समाचार
मौवाखोलामा खस्यो ट्याक्टर
मौवाखोलामा खस्यो ट्याक्टर

। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ ।

आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १-०२-००३ त ३०४८ नम्बरको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजे करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ का १९ वर्षीय समिर बराइली र उनीसँग रहेका एक व्यक्ति भने सकुशल रहेका छन् ।

डीएसपी बजगाईंले अनलाइनखबरसँग भने, ‘चालक बराइली र उनीसँग रहेका एक व्यक्ति पौडेर खोलाबाट निस्किएका रहेछन् । चालक प्रहरीको सम्पर्कमा आइसकेका छन् । चालक बराइलीका भनाइ अनुसार उनीसँग रहेका व्यक्ति पनि सकुशल छन् । उनलाई पनि प्रहरीको सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’

दुर्घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन भएको डीएसपी बजगाईंले बताए ।

खोलाको बीच भागमा रहेको ट्याक्टर निकाल्न आवश्यक पहल भइरहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् । ‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन ...
। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक आइतबार पक्राउ परे । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गर्‍यो । वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले ...
। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनियाँ दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ...
। प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बी बेलायतलेले १५ लाख सहयोग रकम जम्मा गरेको छ । गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा सहयोग रकम जुटाइएको हो । नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम १५ लाख २३ हजार ८३९ रुपैयाँ नेपाल ...