मुख्य समाचार
बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’
बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’

। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् ।

यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे ।

हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त माध्यमका रुपमा परिणत गरेका थिए । आजको म्याराथन केवल १३.१ माइल दौडिने विषय मात्र थिएन्, यो नेपालका लागि दौडिने दिन थियो ।

धेरै धावकहरूले गर्वका साथ आफ्नो दौडने भेस्टको पछाडि सहयोग संकलनसम्बन्धी ‘क्यूआर कोड’ टाँसेका थिए, जसले दौडको सुरुवातदेखि अन्त्यसम्म ऐक्यबद्धता, सहानुभूति र सहयोगको सन्देश प्रवाह गर्‍यो । त्यो क्यूआर कोडले अन्य धावक, दर्शक, साथीभाई तथा सर्वसाधारणलाई सहयोग संकलन अभियानमा योगदान पुर्‍याउन सहज भएको थियो ।

‘इलिङ हाफ म्याराथन’ को समन्वय र सहयोगमा फण्ड रेजिङ पेज तयार पार्न सघाउने ‘रेस नेशन’ टोलीप्रति धावकहरुले विशेष आभार व्यक्त गरेका छन् ।



साथै, दौडका क्रममा यस अभियानलाई सबैमाझ चिनाउन मद्दत पुर्‍याउने ‘रेस टाइमिङ सोलुसन्स’ लाई पनि धन्यवाद दिएका छन् जसले दौडका लागि आवश्यक ‘बिब्स’ उपलब्ध गराएको थियो ।

हाफ म्याराथन पूरा गर्न प्रत्येक धावकहरूले आ-आफ्नै रणनीति र व्यक्तिगत लक्ष्य राखेका थिए । कसैले आफ्नो व्यक्तिगत उत्कृष्ट समय कायम गर्ने लक्ष्य राखेका थिए भने कसैले केवल अन्तिम रेखा पार गर्नेमा ध्यान केन्द्रित गरेका थिए ।

त्यस्तै, कोही भने दौडको अनुभव लिन दौडिएका थिए । यद्यपि, ती सबै व्यक्तिगत लक्ष्यभन्दा माथि एउटा साझा र मुख्य उद्देश्य- बाढी पीडितलाई सघाउन जुटेका थिए । यो केवल सुरुवात मात्र भएको धावकहरुको भनाइ थियो ।

कोष संकलन अभियान ‘हाफ म्याराथन’ सकिएपनि अन्त्य नहुने नेपाल रन यूकेका संस्थापक सन्तोष राईले बताए ।

नेपाली धावकहरूले तोकिएको आर्थिक संकलनको लक्ष्य पूरा नभएसम्म आगामी दौड कार्यक्रमहरू (साप्ताहिक पार्क रन) आदिमा ‘फन्डरेजिङ बिब्स’ लगाइरहने राईले बताए ।

सहयोग गर्न चाहने तर अहिलेसम्म अवसर नपाएकाहरूलाई धावकहरूको ‘बिब’ वा कोष संकलनसम्बन्धी सामग्रीमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरी सहयोग रकम प्रदान गर्न राईको अनुरोध छ ।

रकम जतिसुकै भए पनि हरेक योगदानले बाढीबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउन सक्ने विश्वास छ । ‘हाफ म्याराथन पूरा गर्नु आफैंमा एउटा ठूलो उपलब्धि हो, तर कुनै पवित्र उद्देश्यका लागि दौडिनु अझ अर्थपूर्ण हुने रहेछ’, राईले भने, ‘हामी एकताबद्ध छौं। हामी एक-अर्कालाई साथ दिन्छौं । हामी फेरि उठ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...