। लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे ।
यमालले आठौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।
यस्तै फर्मनि लोपेजले २२औं, कप्तान राफिन्हाले ५०औं र पेड्रीले ७९औं मिनेटमा गोल गरे ।
नयाँ सिजन उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले लगातार चौथो खेल जितेको हो । शतप्रतिशत जित हात पार्ने एक्लो टिम बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ ।
समान खेलबा६ रियल मड्रिड र रियल बेटिसको ९-९ अंक छ ।